मधेश सरकारलाई दिएको समर्थन जनमत पार्टीद्वारा फिर्ता

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। प्रदेश प्रमुखको कार्यालय, जनकपुरधामले बुधबार एक विज्ञप्ति जारी गर्दै जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी दिएको हो।

प्रदेश प्रमुखको कार्यालयका अनुसार, नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको वर्तमान मधेश प्रदेश सरकारलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएको ब्यहोरासहितको पत्र कार्यालयमा प्राप्त भएको छ।

जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, जनमत पार्टीले मिति २०८३ असार २२ गतेदेखि लागू हुने गरी समर्थन फिर्ता लिएको पत्र बुझाएको हो।

सो पत्र प्राप्त भएसँगै प्रदेश प्रमुखको कार्यालयले यसबारे सम्बन्धित अन्य निकायहरूलाई समेत जानकारी गराइसकेको जनाएको छ। जनमत पार्टीको यो कदमसँगै मधेश प्रदेशको सत्ता समीकरणमा नयाँ फेरबदल आउन सक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

सबै