लालबन्दी । नेपाल विद्युत् प्राधिकरण, लालबन्दी वितरण केन्द्रले लालबन्दी नगरपालिकाका केही क्षेत्रमा विद्युत लाइन मर्मत तथा रुखका हाँगा कटान गर्ने कार्यका लागि दुई दिन विद्युत आपूर्ति अवरुद्ध हुने जानकारी गराएको छ ।
केन्द्रद्वारा जारी सूचना अनुसार भोलि वैशाख २६ गते र पर्सि वैशाख २७ गते बिहान ६ बजेदेखि दिउँसो ९ बजेसम्म विद्युत सेवा बन्द रहनेछ ।
वितरण केन्द्रले जनवादी चोकदेखि पूर्वतिरका रानीगंज, फुल्जोर, परवानीपुर, धारीबथान लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने बताएको छ ।
नियमित मर्मतसम्भार र जोखिम न्यूनीकरणका लागि विद्युत लाइनको मर्मत र रुखका हाँगा कटान गर्नु अत्यावश्यक रहेको प्राधिकरणले जनाएको छ ।