काठमाडौबाट बाहिरिने लामो दूरीका सार्वजनिक यातायातमा ‘लगेज ट्यागिङ’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारीसाधनमा अबदेखि यात्रुको लगेज (झोला) मा ट्याग प्रणाली लागू हुने भएको छ।

यात्रुहरूको सामान हराउने वा साटिने समस्याको अन्त्य गर्ने तथा सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यले यो प्रणाली लागू गर्न लागिएको हो।

यस सम्बन्धी औपचारिक सम्झौता हिजो काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच सम्पन्न भएको छ।

सम्झौताअनुसार, अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ १५ गतेदेखि विशेष ट्याग लगाइनेछ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ।

यस प्रणालीले यात्रुको सामान सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

सबै