२०८३ साल असार ७ गते आइतबारको राशिफल

मेष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि दीर्घकालीन योजना बन्नेछन्। राजनीतिक क्षेत्रमा भने विपक्षी सक्रिय भएकाले अवरोध हुनसक्ने जोखिम छ।

वृष :स्वास्थ्यमा समस्या देखिनेछ । आज कसैलाई दिएको धन डुब्ने भएकाले कसैलाई सापटी दिँदा सचेत हुनुपर्नेछ । धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना अगाडि बढ्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : शिक्षामा प्रगति हुनेछ। आज व्यापारमा फाइदा हुनेछ । साथीको साथ मिल्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : परिवारसँग घुमघामको अवसर मिल्नेछ। सानो कुराले मनमा उत्साह दिनेछ । आज दीर्घकालीन योजना अगाडि बढाउनु उचित हुनेछ।

सिंह : आज शुभ दिन छ । शुध खबर सुन्नाले मन आनन्दित हुनेछ । बौद्धिक व्यक्तिको संगत गरेमा काम बन्ने योग छ। पारिवारिक मेलमिलाप हुनेछ ।

कन्या : दिन सामान्य छ। ठुला योजनामा हात नलगाउनु राम्रो हुनेछ। खर्च बढ्नेछ । राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। तपाईंको श्रमको उचित मूल्यांकन हुनेछ। विपक्षी साथी शान्त रहेकाले तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : दिन राम्रो छ। आफ्नो सन्तुष्टि अनुसार नै व्यवहार अगाडि बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु उचित हुनेछ।

धनु : जुनसुकै काम गरे पनि सहकार्यमा अगाडि बढाउनु उचित हुन्छ। व्यक्तिगत ढंगले अगाडि नबढ्नु उचित हुनेछ। मन खिन्न हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मकर : जोगिएर यात्रा गर्नुपर्ने दिन छ । प्राप्त सम्पत्ति सदुपयोग गर्नु उचित हुनेछ। उपचारमा भएस्वास्थ्यमा सुधार हुनेछ। शिक्षा क्षेत्रमा गरेको अध्ययनले उचित स्थान पाउने दिन छ। परिवारमा मनमुटावको जोखिम छ।

कुम्भ : परिवारमा रमाइलो गर्ने दिन छ । मन प्रफुल्ल बन्नेछ। सञ्चित धन खर्च भए पनि दीर्घकालीन योजना बन्नेछन्। तर रोग बढ्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुँदा दिन सहज बन्नेछ।

मीन : पठनपाठनमा मन जानेछ । सञ्चित धन खर्च हुने दिन छ। काममा ढिलासुस्ती हुने जोखिम हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

सम्बन्धित समाचार

सबै