हरिपुर्वा : थुनामा रहेको व्यक्तिलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने मुन्ना सिंह भन्ने सुजित कुमार सिंह रहेका छन्।
उनलाई धापाखेलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
मुन्नाले जुवा तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्धामा थुनामा रहेको सञ्जय कुमार साहलाई छुटाई दिने भन्दै ४५ लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मुन्नाले सञ्जयका आफन्तहरुसँग सम्पर्क गरेर आफ्नो उच्च पदस्थ ब्यक्तिहरुसँग चिनजान रहेको र आफै सरकारी वकिल, न्यायधिश, प्रहरी समेतलाई पैसाले सेटिङ मिलाउने भन्दै २० लाख नगद र चेक मार्फत २५ लाख गरी लिएका थिए ।
मुन्नाले सञ्जयका आफन्तलाई तलदेखि माथिसम्म पैसाले सेटिङ मिलाउँछु भनी उक्त रकम लिएको प्रहरीले जनाएको छ ।
सञ्जयलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।