जनकपुरमा अनिश्चितकालका लागि कर्फ्यु

जनकपुर । दुई समुदायबिचको तनाव बढेपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला प्रेम प्रसाद लुइँटेलले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको बताए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो । कर्फ्यु आदेश जारी भएको क्षेत्रमा कसैले आवतवावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा र घेराउ गर्न नपाउने प्रजिअ लुँइटेलले जारी गरेको सूचनामा उल्लेख छ ।

आदेश विपरित कोही कसैबाट उल्लंघन भएमा प्रचलित कानुन बमोजिम हुने सूचनामा उल्लेख छ । यसैगरी सिरहाको गोलबजार आसपासका क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यु लगाइएको हो।

सम्बन्धित समाचार

सबै