गर्मी बढेपछि हरिवनका विद्यालयमा ५ दिन बन्द

हरिवन : गर्मी बढेर बालबालिकाको पठनपाठनमै समस्या भएपछि सर्लाहीको हरिवन नगरपालिकाका विद्यालय पाँचदिन बन्द हुने भएका छन्।

आज (मंगलबार) बाट आगामी असार १ गतेसम्मका लागि हरिवन क्षेत्रका सबै विद्यालय बन्द भएका भएका हुन्।

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले सोमबार सूचना जारी गर्दै चर्को घाम, उच्च तापक्रम र तातो हावामा पठनपाठन सञ्चालन गरिरहँदा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूलअसर पर्ने देखिएकाले बिदा दिइएको उल्लेख छ।

नगरपालिकाले आजदेखि शुक्रबारसम्म (चारदिन) नगरभित्रका सम्पूर्ण विद्यालय बन्द रहने जानकारी दिएको हो।

तर, असार १ गते शनिबार परेकाले आजबाट बिदा भएका हरिवन क्षेत्रका विद्यालय अब ६ दिनपछि (असार २ देखि) मात्रै सञ्चालनमा आउने छन्।

सम्बन्धित समाचार

सबै