सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

मलंगवा । सर्लाही जिल्लाको कौडेना गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको विशेष टोलीले कौडेना गाउँपालिका १, लक्ष्मीपुरस्थित एक घरबाट करिब तीन क्विन्टल (३०० किलो) गाँजा बरामद गरेको हो।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भदौ २ गते राति करिब १०ः१५ बजे स्थानीय बिजन पटेलको घरमा खानतलासी गरेको थियो। टाली र बाँसले बनेको भुस राख्ने घरभित्र लुकाएर राखिएको १५ वटा बोरामा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार, बरामद गरिएको गाँजा कसको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रहरी टोली पुग्दा घरधनी बिजन पटेल फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको छ।

सम्बन्धित समाचार

सबै