२०८३ साल कात्तिक २३ गते सोमबार राशिफल

मेष : धेरै साथीको साथ पाउने दिन छ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा नाफा हुनेछ । परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन सामान्य छ । विश्वास गरेका पात्रले धोका दिनेछन् । रोग बढ्ने जोखिम छ । आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढेमा दिन सहज हुनेछ ।

मिथुन : दिन सहज छ । संगठनमा तपाईंको कामको प्रशंसा हुनेछ । हरेक काममा आफन्तको साथ मिल्नेछ । बोलीमा ख्याल गर्नु राम्रो हुनेछ । परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : साना कुरामा रिस उठ्नसक्छ । शान्त बन्न सिक्नुपर्नेछ । स्वास्थ्यले साथ दिने योग छ । परिवारमा मेलमिलाप हुनेछ । राजनीति भन्दा कृषि र पशुपालनको क्षेत्रमा फाइदा हुनेछ । साथीभाइको सहयोग मिल्नेछ ।

सिंह : मानसम्मान प्राप्त हुने दिन छ । बोली र व्यवहारमा सचेत बन्नुपर्नेछ । फलामको व्यापारमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । निजी काममा भन्दा परोपकारमा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परीक्षाको नतिजा पर्खिएको भए राम्रो परिणाम आउनेछ । स्वास्थ्यले साथ दिनेछ ।

तुला : प्रशंसा गर्नेहरु बढ्नेछन्। प्राविधिक शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ । स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । संकटमा परिवारको साथ मिल्ने योग छ ।

वृश्चिक :खर्च बढ्ने दिन छ । बोलीको प्रभावले अरुको परोपकार गर्न सकिनेछ । सामाजिक सेवाको अवसर मिल्नेछ । दाजुभाइको साथ लिएर अगाडि बढेमा सोचेका काममा सफलता मिल्नेछ ।

धनु : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । साथीभाइको साथ मिल्नेछ । राजनीतिक संगठनमा राम्रो पहुँच बन्नेछ । तर रोगको प्रकोप बढ्ने जोखिम भएकाले सावधानी अपनाउनुपर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर : सोचेको काम बन्ने दिन छ । व्यवहारमा कुशलता प्रदर्शन गर्नुपर्नेछ । शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । परिवारमा खटपटी बढ्ने भएकाले थोरै बोल्नु राम्रो हुनेछ ।

कुम्भ : दिन राम्रो छ । आम्दानीका स्रोत धेरै छन् । विशेष गरेर दाजुभाइ र दिदीबहिनीले सहयोग गर्नेछन् । आफ्नो योजना सफल पार्न गणेशको पूजा गर्नु राम्रो हुनेछ । मनमा शान्ति मिल्नेछ ।

मीन :स्वास्थ्यमा समस्या हुनसक्छ । टाउको दुख्ने र पेट सम्बन्धी समस्याले सताउने छ । सञ्चित धन खर्च हुनेछ । बिहान उठेर शिवको भजन र पुजन गरेमा दिन सहज बन्नेछ ।

सम्बन्धित समाचार

सबै