भीमफेदी दुर्घटनाका मृतक परिवारलाई खातामै क्षतिपूर्ति पठाइने

हेटौंडा । भीमफेदी ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सर्लाही प्रशासनसँग समन्वय गरेको छ ।

मृतकका हकवालाको पहिचान र बैंक खाता विवरण उपलब्ध गराउन पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

परिवारका सदस्य क्षतिपूर्ति लिन हेटौंडा आउनुपर्ने बाध्यता हटाई सम्बन्धित परिवारकै बैंक खातामा रकम पठाउने व्यवस्था मिलाउन पहल गरिएको हो ।

गत कात्तिक २६ गते बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी चिसापानी गढीमा सडकबाट तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

सम्बन्धित समाचार

सबै