सप्तरीमा बसको ठक्करबाट २७ वर्षीय पैदलयात्रीको मृत्यु

जनकपुरधामः सप्तरीमा यात्रुबहाक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

कंचनरूप नगरपालिका-१ बरमझियास्थित सडकमा काकरभिट्टाबाट वीरगन्जतर्फ जाँदै गरेको प्र१-०१-००१ ख ४१४१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ बैरवा बस्ने २७ वर्षीय उमेश मुखियाको शनिबार दिउँसो मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा थप उपचारका क्रममा मृत्यु भएको थियो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै