कार्यालयभित्रै महिला प्रहरी मृत घटना : ब्वाईफ्रेन्ड पक्राउ

सिरहा : जिल्ला प्रहरी कार्यालय सिरहाभित्र मृत अवस्थामा फेला परेकी प्रहरी जवानको केटा साथी (ब्वाईफ्रेन्ड) पक्राउ परेका छन् ।

जेठ ३१ गते कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी थिइन् ।

घटनामा दैलेख घर भई बाँके बैदनाथ गाउँपालिका-२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृतक सुनारको परिवारको उजुरीको आधारमा मगरलाई पक्राउ गरिएको हो । उनीविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

सबै