लालबन्दी : सर्लाहीबाट रिभल्वरसहित एक पुरुष पक्राउ परेका छन्।
जिल्लाको लालबन्दी नगरपालिका-१५ बोहोरे डाँडा बस्ने ५० वर्षीय रामलाल मोक्तानलाई मेड इन युएसए लेखिएको १ थान रिभल्वरसहित गएराति प्रहरीले पक्राउ गरेको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मोक्तानको घर तलासी गर्दा उक्त रिभल्वर फेला पारी उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मुक्तानामाथि जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गरी यस बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।