१७ वर्षपछि पुनः एमालेमै फर्किए सप्तरीका नेता जितेन्द्र नारायण देव

काठमाडौं । पूर्वमन्त्री एवं राष्ट्रियसभाका सांसद जितेन्द्रनारायण देव एमालेमा फर्किएका छन्।

च्यासस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा देवसँगै रामप्रीत राम, इकबाल अहमद साहलगायत नेता एमालेमा भित्रिएका हुन्।

उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका एमाले नेता उपस्थित थिए।

सप्तरीका नेता देव कम्युनिष्ट आन्दोलनमा सहभागी एक नेता हुन्। उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम प्रवेश गरेका थिए। पछि उक्त पार्टी विभाजन भएपछि विजयकुमार गच्छारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका थिए।

गच्छदारको उक्त पार्टी नेपाली कांग्रेसमा समाहित हुँदा देव पनि कांग्रेस भित्रिएका थिए। र राष्ट्रियसभा सदस्य बन्न सफल भएका थिए।

एमाले विभाजनपछि नेकपा मालेमा समेत देव सक्रिय भएका थिए। फोरम लोकतान्त्रिकबाट मन्त्रीसमेत बनेका उनी संविधानसभाको दोस्रो कार्यकाल सकिएपछि नेपाली कांग्रेस प्रवेश गरेर ६ वर्ष राष्ट्रियसभा सदस्य बनेका थिए। करिब १७ वर्षपछि आज देव पुनः एमालेमा फर्किएका हुन्।

 

सम्बन्धित समाचार

सबै