मधेशका एक, दुई स्थानमा अझै अति भारी वर्षाको सम्भावना

हरिवन : देशका अधिकांश ठाउँमा शुक्रवार रातिबाट जारी अविरल वर्षका कारण शनिवार अपराहन्नसम्म एक जनाको मृत्यु, दुई जना बेपत्ता भएका छन्।

कैयौँ ठाउँमा घर, पूर्वाधार तथा राजमार्गहरूमा क्षति भएका छन्। वर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाइएको छ।

त्यसैगरी गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

आइतबार दिउँसो पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आइतबार राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाइएको छ।

सम्बन्धित समाचार

सबै