मलंगवा : आफूलाई ‘तपस्वी’ दाबी गर्ने रामबहादुर बम्जनलाई नुवाकोट लगिएको छ। बम्जनलाई नुवाकोट जिल्ला कारागारमा राखिएको छ। उनलाई बुधबार दिनभर विदुरस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराई सरकारी अधिकारीमार्फत बयान लिइएको बताइएको छ ।
उनलाई नुवाकोटकी एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरी परेपछि त्यसको बयानका लागि सर्लाहीबाट नुवाकोट लगिएको प्रहरीले जनाएको छ । बम्जनले भने उनीमाथि परेको उजुरीको इन्कारी बयान दिएको बताइएको छ ।
बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका बम्जनलाई सर्लाही जिल्ला अदालतले १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।