मलंगवाबाट-वीरगञ्ज गाडी दुर्घटना अपडेटः सशस्त्रद्वारा उद्धार, दुई जना गम्भीर घाइते

निजगढ : सर्लाहीको मलगंवाबाट वीरगञ्ज जाँदै गरेको बस दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धारमा सशस्त्र प्रहरी खटिएको छ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै भएको दुर्घटनामा घाइते भएका १३ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। उनीहरूमध्येका दुई जनाको अवस्था गम्भीर छ रहेको जनाइएको छ।

मलंगवाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त गाडीमा ३१ जना यात्रुहरू सवार थिए।

सो दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उनीहरूको उद्धार कार्यमा जुटेको थियो।

गम्भीर घाइते भएका दुई जनालाई तत्कालै उपचारको लागि उक्त गणको गाडीद्वारा र अन्य घाइतेहरूलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको छ।

सम्बन्धित समाचार

सबै