बाढी पहिरोबाट बिहीबारसम्म मधेश प्रदेशमा ४ जनाको मृत्यु

यस वर्ष मनसुन भित्रिएको दिनदेखि आज (बिहीबार) सम्म प्राकृतिक विपद्‌बाट ८८ जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ।

जसममध्ये मधेशमा ४ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ।

देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्‌मा परेर १०६ जनाभन्दा बढी घाइते भएका जनाइएको छ।

आज दिउँसोसम्म विपद्‌मा परी मधेशमा ४, कोशी प्रदेशमा १९ जना, बागमतीमा ६, गण्डकीमा २५, लुम्बिनीमा २३, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ गरी ८८ जनाको मृत्यु भएको छ।

बाढी, पहिरोमा परी ६ जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्‌मा परेका ५३ जनाको भने उद्दार गरिएको मन्त्रालयले जनाएको छ।

बाढीका कारण १७६ घर डुबानमा परेका जनाइएको छ। १६१ वटा घर, ६८ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

विपद्का घटनाबाट ३ हजार ४६२ घरपरिवार विस्थापित भएका छन्। यस अवधिमा ४७९ पशु चौपायाको मृत्यु भएको छ। मधेश प्रदेशलगायत देशैभरि आज पनि भारी वर्षा भएको छ।

सम्बन्धित समाचार

सबै