बसमा ७ जना भारतीय पनि थिए
वीरगञ्ज : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पहिरोले बगाएको वीरगञ्जबाट काठमाडौँका लागि छुटेको बसमा सवार यात्रुहरू चालक दलका सदस्यहरूको नामावली प्राप्त भएको छ।
एञ्जल डिलक्सको बाप्र ०३००६ ख १५१६ नम्बरको बस वीरगञ्जको प्रतिमाचोकबाट छुटेको र बसले दिएको यात्रुको विवरणमा गाडी साहु, चालक, सहचालकबाहेक २१ यात्रु रहेको बताइएको छ। ७ जना भारतीय पनि रहेका छन्।
बस पर्साको रंगपुरबाट काठमाडौँ चल्ने गरेको बताइएको छ। गाडीमा सवारहरूको नामावली यसप्रकार छ।
१ बसका साहुः राजेन्द्र केसी
२ चालकः नगवाका जवाहिर महतो
३ सहचालक, चौधरी थरका (नाम प्राप्त नभएको)
यात्रुहरू २१ जना
१ अन्सारीजी
२ अरविन्द दुवे
३ सन्तोष (मकालु सैलुन)
४ सुरेन्द्र साह (फलफूल)
५ आवीन्दजी
६ हरिन्द्र पण्डित
७ सुनिल
८ शेहनबाज आलम
९ प्रकाश (पिप्रा)
१० प्रमानन्द
११ हृदय नारायण राउतसहित ३ जना
१२ सलिम मिया र उनकी पत्न्नी जैनबर खातुन (काठमाडौँमा उपचारका लागि हिँडेका)
१३ रैजुल आलमसहित २ जना
बसमा मुसर्वाबाट ७ जना भारतीय चढेको पनि उल्लेख गरिएको छ।