पर्सामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

पर्सा : पर्सामा भारी वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा पर्सास्थित मुदाली पर्सा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ।

उक्त क्षेत्र भएर बग्ने स-साना खोलामा वहाब बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

सम्बन्धित समाचार

सबै