गणपति बसका चालक र सहचालको शव १०३ किलोमिटर तल फेला

चितवनः असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएको गणपति बसका चालक र सहचालकको शव फेला परेको छ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहट परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शव उनीहरूका परिवारले सनाखत गरेका हुन्।

उनीहरू दुवैको शव नेपाल-भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो। जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो।

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ।

सम्बन्धित समाचार

सबै