त्रिशुलीले बगाएका बसमा सवार प्रत्येक यात्रुका परिवारलाई मधेश सरकाले १ लाख दिने

धनुषाः गत असार २८ गते त्रिशूली नदीमा रौतहट र पर्साका दुई यात्रुवाहक बस दुर्घटनामा परेकाहरूका परिवारलाई मधेश प्रदेश सरकारले एक लाखका दरले राहत दिने भएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताएका हुन्।

‘नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेका पीडित परिवारलाई राहत दिने घोषणा गरेका छौँ’, मुख्यमन्त्री सिंहले भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ।’

मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा राहत रकम प्रदान गरिने बताएका हुन्। उनले दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारमा संघीय सरकारलाई आग्रह पनि गरेका छन्।

 

सम्बन्धित समाचार

सबै