
चन्द्रपुर : रौतहटको गरुडास्थित खोलामा एक पुरुषको शव भेटिएको छ।
गरुडा नगरपालिका-५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। खोलामा तैरिरहेको अवस्थामा शव भेटिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए।
सशस्त्र प्रहरीको सुरक्षा बेस दुधियाभार र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उक्त शवलाई खोलाबाट बाहिर निकालेको थियो।मृतकको पहिचान हुन सकेको छैन।