काठमाडौं : काठमाडौँमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा रौतहटका बालकको मृत्यु भएको छ।
आइतबार बिहान काठमाडौँ महानगरपालिका-१४ बल्खु चोकमा ना६ख २२०३ नम्बरको ट्रकले बाप्र०२-०१६ प ७११४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
ठक्करबाट स्कुटरमा पछाडि सवार बल्खु बस्ने रौतहट राजपुर नगरपालिका-१ घर भएकी ३५ वर्षीया सरिता कुमारी गुप्ताको छोरा १३ वर्षीय आदित्यको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका बालकलाई बल्खुस्थित बयोधा अस्पतालमा उपचारका लागि लगिए पनि उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।