उर्वराशक्ति र पानी सुकाएको भन्दै मसलाका रूख काट्न मनराशिसवाको सूचना

बर्दिबास : जमिनको उर्वराशक्ति घटाएको भन्दै मसलाको रूख कटान गर्न महोत्तरीको मनराशिसवा नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ।

नगर क्षेत्रभित्रका त्यस्ता रूख तीन महिनाभित्र सबै काटिसक्न नगरपालिकाले मंगलबार सूचना जारी गरेको हो।

नगरपालिकाको १२औं नगरसभाले मसलाको रूख विस्थापन गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ।

मसलाका रूखले जमिनको उर्वराशक्ति घटाएउनुका साथै पानी सोस्दा जमिनमा बाँझोपन बढेको सूचनामा उल्लेख गरिएको छ। तोकिएको म्यादभित्र आफैं सपेताको रूख नकाटे नगरपालिकाले नै कर्मचारी र नगरप्रहरी खटाएर काट्‍ने समेत जनाएको छ।

सम्बन्धित समाचार

सबै