बेलगाछी पुल मर्मतपछि सवारीसाधन एकतर्फी सञ्चालनमा आयो

बर्दिबास : बाढीले पुल भत्काएपछि अवरुद्ध बनेको महोत्तरीस्थित पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ।

महोत्तरीमा पर्ने बेलगाछी पुल पश्चिमतर्फ हिजो राति बाढीले भत्काएको थियो। अहिले साँझ पुल मर्मत गरिएसँगै सवारीसाधन सञ्चालनमा आएका छन्।

पुल नै भत्किएपछि ३० किलोमिटर लामो वैकल्पिक बाटो हुँदै राजमार्गमा सवारी साधन सञ्चालन गर्नुपरेको थियो। करिब १२ घण्टापछि एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

मुख्य राजमार्गमा सडक बिग्रे वा भत्केमा तत्काल मर्मतका लागि सडक कार्यालयको समान्वयमा आवश्यक उपकरण र जनशक्ति सम्बद्ध तयारी अवस्थामा राखिएको प्रजिअ गेलालले बताए।

सम्बन्धित समाचार

सबै