शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

काठमाडौं : संगीत गुरु गुरुदेव कामतको निधन भएको छ।

सिरहास्थित आफ्नै निवासमा आज बिहान ८ बजे उनको निधन भएको हो।

६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी गरिएको छ। कतारमा रहेका जेठा छोरा घर पुगेपछि कामतको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

शास्त्रीय संगीतका गुरु कामतको दुवै मिर्गौलामा समस्या देखिएपछि उपचारका लागि आर्थिक संकटको सामना भएको थियो। काठमाडौँमा उपचचार गर्न समस्या भएपछि सपरिवार आफ्नो जन्मथलो सिराहाको पोखरभिन्डा फर्किएका थिए।

पछिल्लो समय उनलाई घरमा इायलासिस गराउने गरिएको थियो। छोरा समीरका अनुसार बिरामी भएर थलिएका कामतले चार दिनदेखि केही खाएका थिएनन्।

कामतले पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए। उनी २०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा जन्मिएका थए।

शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन्।

सम्बन्धित समाचार

सबै