यी हुन् मनोनित गरिएका एमालेका मधेश प्रदेशका आठै जिल्लाका इन्चार्ज

काठमाडौँ :  नेपाल कम्युनिष्ट पार्ट (एमाले) ले रिक्त रहेको उपाध्यक्ष पदलगायत केन्द्रीय कमिटी र प्रदेश इन्चार्ज हेरफेर गरेको छ।

आज बसेको सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनित गर्ने निर्णय गरेसँगै अन्य पदहरूमा पनि हेरफेर गरेको हो।

महासचिव शंकर पोखरेलले जानकारी दिएअनुसार उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनपछि रिक्त भएको पदमा बराललाई मनोनित गरिएको हो।

यस्तै मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय पनि एमालेले गरेको छ।

यी हुन् मधेशका आठ जिल्लाका एमाले इन्चार्जहरू 

आज काठमाडौँको एक होटलमा बसेको एमाले सचिवालय बैठकले मधेश प्रदेशका आठ वटै जिल्लाका इन्चार्जहरू तोकेको छ। जसअनुसार,

सप्तरीः सुमनराज प्याकुरेल, संगठन विभाग प्रमुख पनि

सिरहाः गंगाप्रसाद यादव

धनुषाः जुलीकुमारी महतो

महोत्तरीः रामदयाल मण्डल, पोलिटब्युरो सदस्य

सर्लाहीः हरि उप्रेती

रौतहटः अजय गुप्ता

बाराः ज्वालाकुमारी साह

पर्साः प्रभु हजारा दुसाध

यसैगरी अच्युतप्रसाद मैनाली मधेश प्रदेश पार्टी स्कुल तथा कानुन फाँटका संयोजकका रूमा मनोनित भएका छन् भने सर्लाही प्रतिनिधिसभा १ र २ नम्बर क्षेत्रको इन्चार्जका रूपमा रञ्जना सरकारलाई बैठकले मनोनित गरेको छ।

सम्बन्धित समाचार

सबै