
जनकपुरधामः मधेश प्रदेश सरकारमा पाँच जना राज्यमन्त्री थपिएका छन्।
मुख्यमन्त्री सतिशकुमार सिंहले थप ५ राज्यमन्त्री नियुक्त गरेका हुन्। उनले मंगलबार नेपाली कांग्रेसबाट २, जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट १/१ जना राज्यमन्त्री नियुक्त गरेका हुन्।
एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मो जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, ऊर्जा, सिँचाइ, सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुमारी रजक नियुक्त भएका छन्।
यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग तथा पर्यटन राज्यमन्त्री शम्भु साह नियुक्त भएका छन्।
योसँगै मधेशको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ। मधेसमा १२ मन्त्रालय रहेका छन्।