बारामा माछाभात खाएर सुतेका ३ बालबालिकाको मृत्यु

बारा : बारामा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ।

फुड पोइजनका कारण सिम्रौनगढ नगरपालिका झवानी गाउँका तीन बालबालिकाको मृत्यु भएको हो। गएराति माछाभात खाएर सुतेका झवानी गाउँका नरेश राम चमारका ९ वर्षीया छोरी लालीमा राम, ७ वर्षीया छोरी पुष्पा राम तथा ५ वर्षीय छोरा कृष्णनन्दनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

उनीहरुले गाउँकै पोखरीबाट माछा ल्याएर खाएका थिए।

मृतक तीनैजना बालबालिकाको शव प्रादेशिक अस्पताल कलैयामा पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै