मुख्यमन्त्रीले ८ राज्यमन्त्री हटाएपछि जनमतले भन्योः यो गठबन्धनभन्दा माथि जनता छ

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले ८ जना राज्यमन्त्रीलाई हटाउने गरेको निर्णयलाई जनमत पार्टीले स्वागत गरेको छ।

पार्टी अध्यक्ष सीके राउतको सचिवालयले मंगलबार साँझ मुख्यमन्त्री सिंहको कदमप्रति कृतज्ञता जनाएको हो।

सचिवालयद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘मधेश सरकारमा अहिले कसैले नसोचेको कुरा सम्भव भएको छ। ५ वटा मात्रै होइन, ८ वटै राज्य मन्त्रीलाई हटाउने निर्णय लिए। त्यसैले ‘जनमत छ भने सम्भव छ’। यो सरकार गठबन्धनभन्दा नि माथि ‘जनता’ को कुरा सुन्ने पार्टी भएको प्रमाणित गरेको छ। जय स्वराज।

आजै मुख्यमन्त्री सतिश सिंहले ८ जना राज्यमन्त्रीलाई हटाएका थिए। २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै आलोचना भएपछि मुख्यमन्त्री सिंहले आज सबै पार्टीबाट राज्यमन्त्री बनेकालाई हटाएका थिए।

कांग्रेसबाट राज्यमन्त्री रहेका रेखा ठाकुर र निलमकुमारी रजक, लोसपाबाट राज्यमन्त्री रामबाबु यादव, एमालेबाट राज्यमन्त्री रहेका मोहम्मद जैद आलम, केशव राय र शारदा देवी थापालाई हटाइएको थियो।

जम्बो मुख्यमन्त्री भएको भन्दै जसपा नेपालनिकट युवा र विद्यार्थी संगठनले आन्दोलन गर्दै आएका थिए।

सम्बन्धित समाचार

सबै