मलंगवा : सर्लाहीमा कुकुरले मुखमा च्यापेर हिँडिरहेको भ्रुण बरामद भएको छ।
जिल्लाको मलंगवा नगरपालिका-४ स्थित खानेपानी चोक नजिक कुकुरले भ्रुण बोकेर हिँडेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । तत्कालै प्रहरी टोली घटनास्थलमा आएर मृत भ्रुण पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको छ ।
उक्त भ्रुण कस्ले र किन फाल्यो भन्ने खुल्न सकेको छैन् । उक्त भ्रुण अवैध सम्वन्धबाट जन्मिएर फालेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाही बताएको छ।
यस घटनाको बिषयमा अनुसन्धान शुरु भईसकेको प्रहरीले जनाएको छ।
मलंगवाको उक्त स्थानमा यसअघि पनि पटक-पटक यसरी हत्या गरेर फालिएको भ्रण फेला परेको स्थानीयले बताएका छन् । त्यसरी भ्रुण फेला परेपनी फाल्नेहरु भने फेला पर्ने गरेका छैनन्।