
काठमाडौँ: भारत यात्रामा निस्किएका नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ।
शनिबार भारतको विहार राज्यको समस्तीपुर जिल्लामा दुर्घटनामा पर्दा २५ जनाभन्दा बढी घाइते भएका छन्।
४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट ट्रकले ठक्कर दिएपछि पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीले अनुसन्धान थालेको छ।
घाइते सबैलाई मुश्रीघरारीस्थित अस्पतालमा भर्ना गरिएको छ। देवघरमा नुहाउन गएका उनीहरू शनिबार राति ११ बजे नेपालबाट निस्किएका थिए। बिहान ३ बजे बसलाई ट्रकले ठक्कर दिएर दुर्घटना भएको हो।