
काठमाडौँ : काठमाडौँमा एक व्यक्तिको हत्या गरेको आरोपमा बाराका युवक पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एण्ड खाजा घरमा रूपक बान्तवाको हत्या आरोपमा प्रहरीले बाराको सिम्रौनगढ घर भएका २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएका अनुसन्धान अधिकृतहरूका अनुसार भदौ १० मा बिहान ४० वर्षीय रूपक बान्तवालाई आफ्नै घरमा सञ्चालन गरेको स्नुकरमा एमके कुमारले हत्या गरेको बताएका छन्।
बिहान १ बजेर ५० मिनेटमा सूचना पाएपछि प्रहरी पुग्दा बान्तवा स्नुकर रुमको सोफामा रगतपच्छे अवस्थामा पल्टिरहेका थिए। मीनभवनस्थित सिभिल अस्पतालका चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
एमके कुमारलाई घटनास्थल नजिकैको रहेको उनको डेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।