
काभ्रेपलाञ्चोक : काभ्रेमा आइतबार सप्तरीका एक जनाको निधन भएको छ।
पनौती नगरपालिका-६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-१ का २० वर्षीय सविन चौधरीको मत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।