
रौतहट : मधेश-काठमाडौँ जोड्ने फास्ट ट्रयाकअन्तर्गत बाराको तामागढी-सिम्रौनगढ सडक खण्डमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एक जना व्यवसायीको मृत्यु भएको छ।
आइतबार सिम्रौनगढ तर्फ जाँदै गरेको प्रदेश २–०१–४९२० नम्बरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहटतर्फ आउँदै गरेका मौलापुर नगरपालिका-८ सोनरनियाका ५५ वर्षीय अधिकारी यादवलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।
ठक्कर दिने पिकअप भ्यानसहित कोल्ह-१ का साजन चौधरी र प्रिन्स जयसवाललाई इलाका प्रहरी कार्यालय कोल्हवीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनाले एक अर्कामाथि गाडी चलाएको विवादित बयान दिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यादवको शव प्रादेशिक अस्पताल कलैया पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।