महोत्तरीः वडाध्यक्षको रहस्यमय तरिकाले मृत्यु भएको भन्दै परिवारले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ : महोत्तरीको रामगोपालपुर नगरपालिकाका-२ का वडाध्यक्ष मुकेश कुमार यादवको रहस्यमय तरिकाले मृत्यु भएको भन्दै परिवारले गहिरो अनुसन्धानको माग गर्दै पत्रकार सम्मेलन गर्ने भएका छन्।

रिपोर्टर्स क्लब नेपाल काठमाडौँमा आज मंगलबार १०:४५ मा पत्रकार सम्मेलन तय गरिएको वडाध्यक्ष एक आफन्तले जानकारी दिए।

गएको भदौ ८ गते मोटरसाइकल दुर्घटनामा परेर वडाध्यक्ष यादवको मृत्यु भएको थियो।

जलेश्वर–बर्दिबास सडकअन्तर्गत बर्दिबास नगरपालिका– ८ स्थित कल्भर्टमा उनी सवार लुप्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएका यादवको शव कल्भर्टसँगै भेटिएको थियो।

३५ वर्षीय वडाध्यक्ष यादव माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

यादवको शवको शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि गाउँमै लगेर यादवको शवको अन्त्यष्टि गरिएको थियो।

माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले यादवको मृत्यु सामान्य मोटरसाइकल दुर्घटनाबाट मात्रै नभएको दाबी गरेका थिए। घटना भएको वा गराइएको हो यसबारे गहिरो अनुसन्धान गर्न प्रहरीसँग माओवादी केन्द्र महोत्तरीले माग पनि गरेको थियो।

सम्बन्धित समाचार

सबै