धनुषाः पौडी खेल्न गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

जनकपुरधामः धनुषामा बुधबार साँझ पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ।

पोखरीमा डुबेर लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनियामा रहेको पोखरीमा डुब्दा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवाका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए।

मामाघरमा गएका बेला उनीहरू पौडी खेल्न पोखरीमा गएको र डुबेर मृत्यु भएको हो।

सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बालकहरूको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सम्बन्धित समाचार

सबै