हरिपुर : काठमाडौं महानगरपालिका–११, भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा एक जनाको शव भेटिएको छ।
सो गेष्ट हाउसको तीनतलाको कोठा नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
शव पोष्टमार्टमका लागि पठाइएको छ भने घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।