
मलंगवा : भदौ २४ गते भक्तपुरको गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा ट्रक चालक कारागार चलान भएका छन्।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको एकल इजलासले सर्लाहीको मलंगवा नगरपालिका-२ घर भएका ट्रक चालक सतेन्द्र श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
श्रेष्ठले चलाएको ना.६.ख २१७६ नम्बरको ट्रक्ले ठक्कर दिंदा बा.४९ प. ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो।
श्रेष्ठविरुद्ध यातायात व्यवस्था तथा सवारी ऐन २०४८ को दफा १६१ को उपदफा (२)को कसुरमा मुद्दा दर्ता गरिएको छ। उनलाई २ वर्षदेखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ।