बालुवाटारमा राजर्षिजनक विश्वविद्यालयको बैठक, सक्षम जनशक्ति तयार पार्न ओलीको आग्रह

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट राजर्षिजनक जनक विश्वविद्यालयको आठौँ साधारणसभा बैठकलाई सम्बोधन गरका छन्।

आज भएको उक्त बैठकमा विश्वविद्यालयको कुलपतिसमेत ओलीले सक्षम जनशक्ति तयार गर्न आग्रह गरेका हुन्। उनले समस्याको समाधानका लागि संयुक्त रूपमा प्रयास केन्द्रित गर्नुपर्नेमा पनि जोड दिएका हुन्।

ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको यस विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गरे।

उनले भने, ‘नेपालको आफ्नै पौराणिकता छ, यसको आफ्नै गौरव छ, विश्वका कतिपय मुलुकहरू अस्तित्वमै नआएका बेला हाम्रो पुुर्खाहरू ज्ञान–विज्ञानको शास्त्रार्थ गर्दै थिए, हाम्रा असंगठित विश्वविद्यालयका रूपमा शिवलाई मानिन्छ, त्यस अर्थमा यस भूभागले विश्वलाई प्रेरणा दिएको छ।’

बैठकमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, सहकुलपति एवं मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेल अधिकारीलगायत सहभागी थिए।

सम्बन्धित समाचार

सबै