मलंगवा : जिल्ला प्रहरी कार्यालय सर्लाहीले गएको भदौ महिनामा एक करोड २४ लाख रुपैयाँ भन्दा धेरै मूल्यको अवैध सामान बरामद गरेको छ।
भदौ १ गतेदेखि ३१ गतेसम्मको अवधिमा जिल्लाका विभिन्न स्थानबाट एक करोड चौबीस लाख तेह्र हजार तीनसय अठासी रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
त्यसरी बरामद गरिएका सामानमा किराना सामान, लत्ताकपडा, खाद्यान्न, काजु, रासायनिक मल, मोटरसाइकल लगायतका सवारी साधनसमेत छन्।
बरामद सामान आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको डीएसपी श्रेष्ठले बताए।