मधेशमा शिक्षक कमी भएको भन्दै रौतहटको गौरमा आजपाको प्रदर्शन

रौतहट : प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आम विद्यार्थी मोर्चाले रौतहटमा प्रदर्शन गरेको छ।

मधेशमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै मोर्चाले आज गौरमा प्रदर्शन गरेको हो। प्रदर्शनमा विद्यार्थीसहित शिक्षक, अभिभावकका साथै स्थानीयको समेत सहभागिता रहेको थियो।

विद्यार्थीको अनुपात तहगत र विषयगत शिक्षकको व्यवस्था गर्न सरकारसँग पटक पटक माग गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको मोर्चामा सहभागी विद्यार्थीले बताएका छन्।

प्रदर्शनमा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराई मधेशविरोधी भएको आरोपसमेत लगाए।

प्रधानमन्त्री र शिक्षामन्त्रीको विरोधमा नाराबाजी गर्दै उनीहरूले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था कहिले हुने भन्दै प्रश्नसमेत गरेका थिए।

सम्बन्धित समाचार

सबै