सर्लाही आउन ठिक्क परेका दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

लालबन्दी : भोलि (बिहीबार) सर्लाही आउने कार्यक्रम बनाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

प्रसाईसहित तीन जनाविरुद्ध पुर्जी जारी भएको हो।

जिल्ला अदालत काठमाडौँले बुधबार प्रसाईसहितलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। उनीहरूलाई पक्राउ गर्न प्रहरीको साइबर ब्युरोले अनुमति माग गरेको थियो ।

ब्युरोको माग अनुसार अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।

उनीहरूलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो।

संविधान दिवसको अवसर पारेर प्रसाई आमसभामा सहभागी हुन सर्लाहीको लालबन्दीमा आउने कार्यक्रम तय छ।

 

सम्बन्धित समाचार

सबै