
२०८१ साल असोज ०३ गते बिहिबारको राशिफल :
मेष- आफन्त मिलनले सुख दिनेछ। पैसो कमाउने योग साथै पाहुनाको आगमनले मन हर्षित रहला। आयआर्जनमा राम्रो दिन छ। केही नयाँ काम गर्न परिवारजनको सल्लाह आउने देखिन्छ। नयाँ साथीसँग चिनजान र रमाइलो यात्राको पनि योग छ।
वृष- कामहरू सजिलैसँग बन्ने छन्। टाढाको यात्राको योग छ। व्यापारबाट सामान्य नाफा होला। हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ। रमणीय र सुखद यात्राको योग छ। नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। कृषिको कामबाट विशेष लाभ होला।
मिथुन- शरीरमा रोगले सताउला। धनमाल हराउनाले मनमा पीडा थपिने छ। स्वास्थ्य विग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ। टाढाको यात्रा आज नगर्नु होला, व्यर्थ खर्च होला। स्वास्थ्यमा गडबडीकोे सम्भावना छ।
कर्कट- काममा कठिनाइ सहनुपर्नेछ। काम बिग्रन सक्छ। आर्थिक लेनदेन पनि खासै राम्रो छैन। मातृ धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। बन्न लागेको काम बिग्रन गई मनमा चिन्ता बढ्रन सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्। मनमा केही द्विविधा पनि रहला।
सिंह- काम बन्नाले सुखको अनुभव हुन्छ। पठन-पाठनमा मन जानेछ। घरायसी काममै दिन जाने देखिन्छ। कमाइ सोचेअनुरूप हुनेछ। पठन-पाठनमा पनि प्रगति हुनेछ। सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला। खर्चभन्दा कमाइ नै बढी हुनेछ। धन आर्जनका नयाँ बाटा खुल्नेछन्। वैदेशिक क्षेत्रको लगानी फाइदै होला।
कन्या- नयाँ कामका योजनाहरू बन्ने सम्भावना छ। काममा जोश र जाँगर बढ्ने छ। आर्थिक लाभ पनि होला। आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ। दिन एकदमै राम्रो छ। कामहरू सजिलै बन्नेछन्। कामको इच्छाशक्ति पनि बढ्नेछ। पढाइमा पनि केही प्रगति हुने देखिन्छ।
तुला- पेशागत समस्या देखिन सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। अनौठो समाचार पनि सुन्न पाइएला। अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला। कसैसँग झगडा पनि हुन सक्छ।
वृश्चिक- सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। दिदीबहिनी वा कुटुम्बका काममा सघाउनुपर्नेछ। मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ। व्यापार र जागिरमा दिन ठीकै छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ।
धनु- नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ। साथै, खुसीको खबर प्राप्त हुनेछ। चल-अचल सम्पत्तिको कारोबार हुन सक्नेछ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। यात्राको पनि योग छ। वैवाहिक जीवन सुखी हुनेछ। पाहुनाको आगमन होला।
मकर- अल्झेका कामहरू अरूको सहयोगमा बन्ने छन्। अप्रत्याशित लाभ हुनेछ। टाढाको यात्राको पनि योग छ। परिश्रमअनुसार उपलब्धी पनि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। मन शान्त रहनेछ। व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्। विदेशबाट पैसा पनि प्राप्त होला।
कुम्भ- व्यर्थको खर्च हुनेछ, घटाउने प्रयास गर्नु होला। खानामा सावधान रहनु होला, रोग लाग्न सक्छ। खर्च गर्दा होश पुर्याउनु होला। परिवारमा पनि समस्या आउनेछ। समय राम्रो भए पनि खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ।
मीन- रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। मुद्दा-मामिलामा विजयी भइनेछ। अन्नलाभ पनि होला। आज धनलाभको योग छ। पढाइमा प्रगति होला। दिन खुशीसाथ बित्ने छ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछन्।