राजेन्द्र महतोले जलाए नेपालको संविधान

काठमाडौँ : भर्खरै राष्ट्रिय मुक्ति मोर्चा पार्टी घोषणा गरेका सर्लाहीका नेता राजेन्द्र महतोले नेपालको संविधान जलाएका छन्।

बिहीबार संविधान दिवसकै दिन काठमाडौँको माइतीघर मण्डलामा महतोले संविधान जलाएका हुन्।

नदी किनारामा खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागी हुन पुगेका महतोले संविधाननै जलाएका हुन्।

महतोलगायत मधेशकेन्द्रित दलहरूले वर्षौँदेखि संविधानलाई अवज्ञा गर्दै आइरहेका छन्।

सम्बन्धित समाचार

सबै