हरिवन : सर्लाहीमा लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छिन्।
जिल्लाको हरिवन नगरपालिका-३, डाबरी टोल बस्ने ४० वर्षीया शान्ती माया थिङ ३ किलो ७ सय ९० ग्राम गाँजासहित पक्राउ परेकी हुन्।
उनको घर र पसल तलासी गर्दा उक्त गाँजा फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।