
हरिवनः सुरुङ खनेर घरभित्र परेर चोरी गरेको आरोपमा एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
गत असार २४ गते राति दुर्गाभगवती गाउँपालिका ५ बडहर्वा टोलमा स्थानीय चन्देश्वर दास तत्मा, लक्ष्मी दास र रामनारायण साहको घरमा सेन काटेर सुरुङ बनाई चोरेको आरोपमा प्रहरीले रौतहटकै गरुडा नगरपालिका ९ बिर्ती श्रीपुर बस्ने ३० वर्षका जिआउल हकलाई पक्राउ गरेको जानकारी दिएको छ।
उनलाई बुधबार पक्राउ गरी बिहीबार अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।