सर्लाहीमा धानखेतमा ४ वर्षीय बालकको शव फेला

लालबन्दी : सर्लाहीको रामनगर गाउँपालिका-२ इनरवास्थित धान खेतमा ४ वर्षीय बालकको शव फेला परेको छ।

स्थानीय रामध्यान रायका ४ वर्षीय छोरा तेजस्वी यादवको धानखेतमा शव फेला परेको हो।

सोमबार साँझ साढे ७ बजे घरबाटै हराएका बालको शव मंगलबार धान खेतमा फेला परेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार घरको ५ सय मिटर टाढा धान खेतमा बालकको शव फेला परेको हो।

बालकमा बाहिरी चोटपटक नदेखिएको र बाहिरबाट तालिमप्राप्त कुकर झिकाएर घटनाबारे अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले सर्लाही न्युजलाई बताए।

बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ। बालकको सम्भावित मृत्यु नभएको र घटना शंकास्पद देखिएकोमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै