काठमाडौँ : बिहीबार रातिदेखि चार दिनसम्म देशभर भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।
वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ।
साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्नसमेत प्राधिकरणले आग्रह गरेको छ।
हेर्नुहोस् सूचना